मंगलबार नेप्सेमा गिरावट

तु खबर संवाददाता
२०७८ असार २२, मंगलवार १६:२६

काठमाडौं । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार परिसूचक नेप्से ५.२४ अंकले गिरावट आएको हो । गिरावट आएसँगै २ हजार ८१८.१० विन्दुमा झरेको हो ।

गत सोमबार यस्तो गिरावट ११.७८ अंकले घटेर नेप्से २ हजार ८२२.७३ विन्दुमा अड्किएको थियो ।

नेप्सेका अनुसार यस दिन कुल २२० कम्पनीका एक करोड एक लाख ३५ हजार २०९ कित्ता सेयर ४६ हजार ३१० पटक किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँको मात्र कारोबार भएको छ । यो गत सोमबारको तुलनामा करिब ३० करोडले कमी हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*