अर्थ मन्त्रालय प्रवेशमा रोक
काठमाडौं । कोरोनाको त्रास बढ्दै गएपछि अर्थ मन्त्रालयले प्रवेशमा रोक लगाएको छ । अर्थ मन्त्रालय बजेट निर्माणमा व्यस्त हुँदै गर्दा बजेट सम्बन्धि विभिन्न सुझाव लिएर पुग्नेहरुलाई पनि मन्त्रालय भित्र छिर्न दिइएको छैन ।
अर्थ मन्त्रालयका एक अधिकारीले अर्थमन्त्रीले दिउँसो २ देखि ४ बजेसम्मको समय भेटघाट गर्ने भएपनि अहिले त्यसमा रोक लगाएको हो ।
मन्त्रालय आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणमा छ । अबको एक महिनामा बजेट पेश हुनेछ ।
