प्रेस संगठन मकवानपुरद्वारा विभिन्न विधामा पुरस्कृत

मकवानपुर । प्रेस संगठन नेपाल, मकवानपुरले विभिन्न विधाका अग्रज पत्रकारलाई सम्मान र क्रियाशील पत्रकारहरुलाई पुरस्कार प्रदान गरेको छ ।
प्रेस संगठन मकवानपुरले शनिबार हेटौँडामा एक कार्यक्रमको आयोजना गरी प्रेस संगठन नेपालकी केन्द्रीय सदस्य नानी मायाँ विष्ट र प्रेस संगठन नेपाल बागमती प्रदेशका अध्यक्ष सुनिल खड्कालाई स्वर्गीय कृष्ण सेन ‘इच्छुक’ र रुद्र पाख्रिन पत्रकारिता पुरस्कार प्रदान गरेको हो । उनीहरुलाई नगद ५ हजार रुपैयाँ नगद प्रदान गरिएको हो ।
साथै संगठनले जिल्लाका क्रियाशील पत्रकारहरु क्रमशः शुभलक्ष्मी विश्वकर्मा, गणेशदर्पण अधिकारी, शिवप्रसाद चौलागाई र सरला अधिकारीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार राशी प्रदान गरेको हो प्रदानसहित प्रसंशापत्र प्रदान गरेको छ ।
प्रेस संगठन नेपालकी केन्द्रीय सदस्य विष्ट, प्रेस संगठन नेपाल बागमती प्रदेशका अध्यक्ष खड्कालाई र जिल्लाका क्रियाशील पत्रकारहरुलाई बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी र नेपाल विज्ञापन बोर्डका सदस्य बलराम थापाले पुरस्कार प्रदान गरेका हुन् ।
नेपाल विज्ञापन वोर्डका सदस्य थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संगठनले मकवानपुरमा लामो समयदेखि पत्रकारितामा कलम चलाउदैं आएका अग्रज पत्रकारलाई सम्मानसमेत गरेको छ ।
संगठनले महासंघका पूर्व अध्यक्ष नवराज शर्मा, प्रताप विष्ठ, कौशल पाण्डे, राममणि दाहाल, भानुभक्त आचार्य, महेन्द्र श्रेष्ठ, कृष्णराम परियार, सुवर्ण श्रेष्ठ, कमलचन्द्र सुमन, नानीमाया कार्की, मोहन साँगामी, लोकनाथ पाण्डे, आरसी रिजाललाई सम्मान गरेको छ ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, प्रेस संगठन बागमतीका अध्यक्ष सुनिल खड्का, नेपाल प्रेस चौतारी बागमती प्रदेशका अध्यक्ष प्रकाश दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, नेपाल प्रेस युनियन मकवानपुरका प्रतिनिधि मणिराज गौतम, प्रेस संगठन मकवानपुरका अध्यक्ष अंजली थापा र अग्रज पत्रकार गिरिजा अधिकारीले मनतव्य व्यक्त गरेका थिए ।