वामदेवको एकता अभियानको नाम परिवर्तन भयो

तु खबर संवाददाता
२०७७ चैत्र ३, मंगलवार १४:५९
file-photo

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको अभियानको नाम परिवर्तन भएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम परिवर्तन गरेका हुन् ।

गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान बनाएका छन् । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान बनाएका थिए ।

विभाजित नेकपाको कतै पनि नलागेका गौतमले पार्टी एकता गराएरै छोड्ने उद्घोषसहित छुट्टै अभियान शुरु गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*