विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्छौंः सरकारका प्रवक्ता गुरुङ

तु खबर संवाददाता
२०७७ फाल्गुन १८, मंगलवार १४:५९
file-photo

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले नेत्रविक्रम चन्द नेतृत्व विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने बताएका छन् ।

मंगलबार उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गुरुङले सो कुरा बताएका हुन् ।

प्रतिबन्ध फुकुवा भएपछि विप्लव समूह शान्ति प्रक्रियामा आउने मन्त्री गुरुङले विश्वास व्यक्त गरे ।

मन्त्री गुरुङले नेपाल सरकार र विप्लव समूहबीच छिट्टै वार्ताको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे ।

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा र उनीहरुको हतियार व्यवस्थापनबारे सोधिएको प्रश्नमा मन्त्री गुरुङले ती सबै विषय वार्ताबाटै टुंगिने बताए । ‘उहाँहरुप्रति लागेका मुद्दाहरु, उहाँहरुका हतियारको कुरा, यी सबैको प्रक्रिया टुंगोमा पुर्याउनका निम्ति नै वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अगाडि नै सबै कुरा हल गर्ने हो भने वार्ताको औचित्य नै समाप्त हुन्छ, मन्त्री गुरुङले भने ।

सरकारले २८ फागुन २०७५ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*