विप्लवसँगको वार्ता नजिक पुगेका छौं– प्रवक्ता गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारद्वारा प्रतिबन्धित समूह नेत्रविक्रम चन्द ‘विप्लव’ सँग वार्ताको नजिक पुगेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
प्रवक्ता गुरुङले विप्लव समूह पनि मूलधारको राजनीतिमा आउने प्रक्रियामा रहेको बताए । ‘विप्लव पनि मूलधारमा आउने, शान्तिपूर्ण बाटोमा आउने प्रक्रियामा छ । वार्ता नजिक(नजिक भइरहेको छ । वार्ताको टुंगो लागेपछि सार्वजनिक गर्नेछौँ,‘ ’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विप्वसँगको वार्ताका लागि आफ्नो ठाउँबाट आह्वान गरिरहेको बताए ।