हिमपातबाट अवरुद्ध बनेको त्रिभुवनराजपथ पुनः संचालनमा

तु खबर संवाददाता
२०७७ माघ २५, आईतवार १३:१८
file-photo

मकवानपुर । हिमपातका कारण अवरुद्ध बनेको त्रिभुवन राजपथ संचालनमा आएको छ । शनिवार र आइतबार बिहान भएको हिमपातका कारण त्रिभुवन राजपथ अन्तरगत सिमभञ्ज्याङसम्म जाने सडकखण्ड अवरुद्ध बनेको थियो ।

बिहान हिउँ पन्छाएर दिउँसो १२ः.३० देखि हेटौँडाबाट काठमाडौँतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त राजपथमा आज बिहान २ बजेदेखि नै हल्का हिमपात भएको कारणबाट हेटौँडा काठमाडौँ तर्फको यातायात सेवा अवरुद्ध हुन पुगेको पालुङ्ग इलाका प्रहरीले जनाएको छ ।

त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरको सडकको केही स्थानमा माटो बिच्छ्याइएको र दिउँसो घामको प्रभावबाट हिऊँ पग्लेपछि दुवैतर्फ यातायात संचालन गर्न सहयोग पुगेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*