नेकपा विभाजन हुनुमा दुबै पक्षको दोष छ : वामदेव गौतम

तु खबर संवाददाता
२०७७ माघ १४, बुधबार १५:२०
file-photo

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी वैचारिक र राजनीतिक रुपमा पार्टी फुटिसके पनि कानुनी रुपमा नफुटेको बताएका छन् । बुधबार पार्टी एकता घोषणा अभियानको घोषणा गर्दै गौतमले पार्टी एक भएरै छाड्ने दावी पनि गरे ।

उनले नेकपा विभाजन हुनुमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बराबरी नै दोषी रहेको आरोप लगाएका छन् ।

‘एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने र विकल्पको प्रधानमन्त्री बन्ने साथै अर्काले मैले प्रतिनिधिसभा भंग गरिदिन्छु भन्ने गर्दा अहिलेको अवस्था आयो’ गौतमको भनाई छ ।

अहिले विभाजित नेकपाका दुवै पक्षले निर्वाचनबारे आ–आफ्नै दावी पेश गरिरहेको भन्दै त्यो विश्वास गर्न नसकिने गौतमको भनाई छ ।

गौतमले अघिल्लो निर्वाचनको हिसाव किताव सुनाउँदै गत चुनावमा पार्टी एकता गरेर जाँदा नेकपाको पक्षमा लहर आएको र जम्मा ४३ लाख मत आएको पनि सुनाए । उनले त्यसबेला काँग्रेसले ३० लाख मत ल्याएको भन्दै अहिलेको अवस्थामा नेकपामा लहर नआउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*