आजको मौसमः हिमाली भेगमा हल्का हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको उल्लेख छ ।
यसैगरी आज बिहान देशको केहि पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसोः देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज रातिः प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
