‘के खानु कसम’ को म्यूजिक भिडियो सार्वजनिक

तु खबर संवाददाता
२०७७ पुष २०, सोमबार १७:४८

मकवानपुर । मकवानपुरका मोडल सगुन स्याङतानको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ । विशाल काल्तानको शब्द, संगीत र लय रहेको ‘के खानु कसम’ नामक गीतमा उनको अभिनय रहेको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त गितको भिडियो सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त भिडियो स्याङतानको पहिलो भने होइन । उनले यसअघि पनि थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

आज पत्रकार सम्मेलनमा युवा नेता समेत रहेका मोडल सगुनले हालै सार्वजनिक भएको ‘के खानु कसम’बोलको गीतलाई दर्शकले मन पराउनेमा आशाबादी रहेको बताए । उनले मोडलिङ क्षेत्रमा लामो समय बिताएको बताउँदै दर्शकहरुमा यस भिडियोले मनोरञ्जन प्रदान गर्ने र भिडियोमा माया पिरतीबीचको कथाबस्तु समेटिएकोले सबैले माया गर्नेमा आफु विस्वस्त रहेको उनको भनाई थियो ।

सुमित लामाको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा सगुनलाई मोडल यङगी दोङ्को साथ छ । दुच्छे म्यूजिक क्रियशनबाट सार्वजनिक भएको सो गीतमा दिपेश प्रधानले अडियो मिक्सीङ गरेका हुन् ।

लक्ष्मण घिमिरेले छ्याङकन र विष्णु सेवाले ड्रोनको भुमिका निर्वाह गरेका हुन् । पत्रकार सम्मेलनमा निर्देशक सुमित लामाले भिडियो धेरै राम्रो बनेको भन्दै सबैले हेरेर सल्लाह तथा सुझाव दिनको लागि आग्रह गरे । उनले चितवनको जेम्सवल्र्ड पार्क, कबिलास रिसोर्ट, टिकौलीको जंगल लयाततको क्षेत्रमा भिडियो छ्याङकन गरिएको बताए । भिडियोलाई द मिरर युनिटले निर्माण गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*