ड्रिम्स म्युजिकको अन्तरक्रिया कार्यक्रम सम्पन्न

मकवानपुर । ड्रिम्स म्युजिक स्कुलको अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मेनरोडमा रहेको उक्त स्कुलले शनिबार अभिभावकहरुसँग छलफल तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।
२०७४ सालमा बिधिवत रुपमा स्थापना भएको म्युजिक स्कुलका संचालक अनन्त खुलालको सभाध्यक्षता तथा जिल्ला समन्वय मकवानपुरको प्रमुख रघुनाथ खुलालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सिविन बाल हेल्पलाईनका झपेन्द्र ज्ञवाली, कृषी बिकास बैंक हेटौंडा शाखा प्रमुख नुर गौतम, हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।