नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक स्थगित भएको छ । आज साँझ ४ बजेका लागि बोलाइएको नेकपा सचिवालय बैठक स्थगित भएको हो ।
शुक्रबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटपछि आज सचिवालय बैठक बस्ने तय भएको थियो ।
आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकबारे महासचिवले सचिवालय सदस्यहरूलाई खबर नै नगरेपछि बैठक रोकिएको बताइएको छ।
आज बस्ने भनिएको बैठक स्थगित भएपछि सचिवालय सदस्य बैठक आइतबार ४ बजे बस्ने छ।
