गौतमको मुद्दा हेर्दाहेर्दै

पत्रपत्रिका
२०७७ आश्विन १७, शनिबार ०९:००
file-photo

काठमाडौं । सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय खारेजीको मागसहित सर्वोच्चमा परेको मुद्दाको पेसी फेरि हेर्दाहेर्दैमा राखिएको छ ।

शुक्रबार उक्त मुद्दामाथिको सुनुवाइ नसकिएपछि बुधबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

रिटको सुनुवाइ गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको थियो । गौतमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि शुक्रबार दोस्रो पटक सुनुवाइ भएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*