वामदेव गौतमको मुद्दा आज पनि हेर्दाहेर्दैमा

तु खबर संवाददाता
२०७७ आश्विन १६, शुक्रबार १५:५९
file-photo

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतम बिरुद्ध सर्वोच्च अदालतमा परेको ‘संसद सदस्यको अयोग्यता सम्वन्धी’ मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको संवैधानिक इजलासले आज पनि हेर्दा हेर्दैमा राखेको अधिवक्ता सुरेन्द्र थापाले बताएका छन् । अब यो मुद्दामा असोज २१ गते बुधबार बहस हुने अधिवक्ता थापाले जानकारी दिए ।

मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उनी प्रत्यक्ष निर्वाचनमा पराजित भएकाले सांसद बन्न नपाउने भन्दै असोज ६ गते सर्वोच्च अदालतमा रिट हालेका थिए । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले ‘गम्भीर संवैधानिक बहस जरुरी भएकोले’ गौतमलाई थप जिम्मेवारी नदिनु भन्दै असोज ७ गते अन्तरिम आदेश दिएका थिए । साथै भट्टराईले दुवै पक्षलाई १४ गते उपस्थित हुन आदेश गरेका थिए ।

भट्टराईको आदेश अनुसार १४ गते प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज।ब।रा। ले आफ्नै नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, हरीकृष्ण कार्की, विश्म्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा रहेको संवैधानिक इजलास गठन गरेका थिए । यही इजलासमा निवेदक तर्फका वरिष्ठ अधिवक्ता, अधिवक्ताहरुले बहस गरेका थिए भने सरकारी वकिलहरुका तर्फबाट महान्यायाधिवक्ता अग्नी खरेल र सहन्यायाधिवक्ता श्याम भट्टराईले बहस गरेका थिए । यसपछि उक्त मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज ११ बजेतिरबाट बहस सुरु भएको थियो । सरकारी वकिलहरुका तर्फबाट नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे र सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बहस गरेका थिए । यसपछि गौतमका तर्फबाट वरिष्ठ अधिवक्ता युवराज संग्रौला, वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरेका थिए । असोज २१ गते गौतम र पार्टीका कानुन व्यवसायीले बहस गर्नेछन् ।

स्रोतः रातोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*