सुनको भाउ फेरी बढ्यो
काठमाडौँ । आज मंगलबार सुनको मूल्य बढेर नयाा रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ ।
यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
