स्वस्तिकाको ‘कस्ले भन्यो तिमिलाई’ सार्वजनिक

तु खबर संवाददाता
२०७७ श्रावण १३, मंगलवार ०८:००

मकवानपुर । हेटौँडाकी स्वस्तिका ढकालको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ‘‘कसले भन्यो तिमीलाई’ बोलको गीत सोमबार द डिभाईन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतकार, साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द र संगीतकार अर्जुन पोख्रेलको संगीतमा गीत तयार भएको हो । गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा स्वस्तिकाकै फिचरिङ गरिएको छ ।

अनिश आयु बाबाको छायाँकनमा तयार भएको म्यूजिक भिडियोलाई स्वस्तिकाले नै परिकल्पना गरेकी हुन् । भिडियोको सम्पादन सुशिल र सेशाले गरेका छन् ।

नेपाल आईडल सिजन ३ मा मेलोडियस प्रस्तुति दिएर सर्वाधिक चर्चामा आएकी स्वस्तिका मकवानपुरको हेटौँडा ८ कमाने निवासी हुन् । २३ वर्षीया उनले सानैमा विद्यालयमा अध्ययन गर्दाको समयदेखि नै साँगितिक क्षेत्रमा आफुलाई अगाडि बढाएकी थिईन् ।

संगितको औपचारिक शिक्षा नलिएता पनि उनले सानैमा सिकेको बालगीतसँगै उनको संगीतको यात्रा अघि बढेको थियो । स्वस्तिका संगीतलाई पिडा भुलाउने थेरापीका रुपमा परिभाषित गर्छिन् ।

उनी केही वर्षयता स्वदेशका विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि व्यस्त भइरहेकी छिन् । उनले विभिन्न सांगितिक प्रतियोगिताहरुमा सहभागी भएर सफलता समेत हात पारेकी छिन् ।

हेर्नुहोस् भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*