पत्रकार कार्कीलाई पितृशोक

तु खबर संवाददाता
२०७७ असार २९, सोमबार १८:४०

मकवानपुर । पत्रकार महासंघ बागमती प्रदेशको उपाध्यक्ष सम्झना कार्कीलाई पितृशोक परेको छ । नेपाल प्रेस युनियनको महाधिवेशन प्रतिनिधि (केन्द्रीय पार्षद् ) समेत रहेकी कार्कीको बुवा ६६ बर्षीय दीपबहादुर कार्कीको सोमबार निधन भएको हो ।

घाँटीको क्यान्सरबाट पीडित उनको सोमबार घरमै निधन भएको हो ।

भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनको हेटौंडा–९ स्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सोलुखुम्बु जन्म भै लामो समयदेहि हेटौंडामै रहँदै आएका कार्कीको तीन छोरी, एक छोरा र श्रीमति रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*