मन्त्रीले बजेट पढ्दै भने – बागमती प्रदेशको राजधानी काठमाडौँ !

तु खबर संवाददाता
२०७७ असार १, सोमबार १८:३०

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ को लागि प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेको छ ।

बजेट प्रस्तुत गर्दै गर्दा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बागमती प्रदेशको राजधानी हेटौंडा भन्नु पर्नेमा काठमाडौँ भनेका छन् ।

उनले बजेट प्रस्तुत गर्दै भने – बागमती प्रदेशको राजधानी काठमाडौँको गुरुयोजना बमोजिम प्रदेश राजधानीको विकास गरिने छ ।

यो भन्नु अघि मन्त्री ढुंगेलले यस प्रदेशसभाले २०७६ साल पुस २७ गते प्रदेशको नाम बागमती र राजधानी काठमाडौँ कायम गरेको भनी तथ्यलाई बिगारेका छन् । खासमा सो दिनको प्रदेशसभा बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा रहने गरी निर्णय गरेको थियो ।

तर, मन्त्रीले नै बजेट प्रस्तुत गर्दा गलत तथ्य सार्वजनिक गरिदिएका हुन् ।

केही समयपछि उनले आफ्नो सो मन्तब्यलाई सच्याएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*