तराईबाट भित्रिने सवारीसाधनलाई सेनिटाइज गर्न रातोमाटेमा टनेल (भिडियोसहित)

तु खबर संवाददाता
२०७७ बैशाख २२, सोमबार १८:२४

मकवानपुर । तराईका जिल्लाहरुबाट आएका सवारी साधनहरुलाई अनिवार्य सेनिटाइज गराएर मात्रै मकवानपुर प्रवेश गर्न दिइने भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटे प्रहरी चेकपोष्टमा स्थापना गरिएको सेनिटाइज टनेलमा सवारी साधनहरु सेनिटाइज गराएर मात्रै मकवानपुर प्रवेश गर्न दिइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिएका छन् ।

उक्त टनेलको आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।

प्रदेश सरकारको २ लाख ७० हजार लगानीमा उक्त टनेलको स्थापना गरिएको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष विष्णु खनालले जानकारी दिएका छन् ।

उनका अनुसार हाल एक हजार लिटर सेनिटाइजर तयार पारिएको छ । उक्त सेनिटाइजरले ६ सय वटा सवारी साधनलाई सेनिटाइज गर्न पुग्ने र आवश्यक मात्रामा थप सेनिटाइजर तयार पारिने छ ।

तु खबरले मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं टनेल व्यवस्थापन कार्यको लागि तोकिएका संयोजक विष्णु खनालसंग कुराकानी गरेको छ ।

हेर्नुहोस् यो भिडियो सामग्री –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*