कोरोना नियन्त्रणका लागि बागमती प्रदेश सरकारद्वारा ९ करोड ९३ लाख निकासा, हेटौँडा अस्पताललाई ५१ लाख
मकवानपुर, बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथामको लागि प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई ९ करोड ९३ लाख उपलब्ध गराएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिए अनुसार, भरतपुर कोरोना विशेष अस्पताललाई १ करोड, रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई २० लाख, धुलिखेल नगरपालिकामार्फत् धुलिखेल अस्पताललाई २० लाख, सामाजिक विकास मन्त्रालय मार्फत् स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ३ करोड ७७ लाख, हेटौंडा अस्पताललाई ५१ लाख, भक्तपुर अस्पताललाई ४१ लाख, धादिङ अस्पताललाई ३१ लाख, त्रिशुली र सिन्धुली अस्पताललाई पनि ३१/३१ लाख निकासा गरिएको छ ।
त्यसैगरी, स्वास्थ्य निर्देशनालयलाई २२ लाख, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई २२ लाख, चौतारा अस्पताललाई २१ लाख गरी कूल ९ करोड ९३ लाख निकासा गरिएको हो ।
