युरोपका ९ जना राजदुतले कोरोना नियन्त्रण कोषमा एक महिनाको पारिश्रमिक दिने
मकवानपुर, २८ चैत । युरोपका ९ देशमा रहेका राजदुतहरुले कोरोना रोग रोकथाम तथा नियन्त्रण कोषमा एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।
डेनमार्कका लागि नेपाली राजदुत युवनाथ लम्सालले दिनुभएको जानकारी अनुसार, जर्मनीका राजदुत रमेश खनाल, बेल्जियमका राजदुत लोकबहादुर थापा, अष्ट्रियाका राजदुत प्रकाश सुवेदी, फ्रान्सका राजदुत दीपक अधिकारी, स्वीजरल्याण्डका राजदुत मणि भट्टराई, यूकेका दूर्गाबहादुर सुवेदी, रसियाका राजदुत ऋषि घिमिरे र स्पेनका राजदुत दावा शेर्पाले आफ्नो एक महिनाको पारिश्रमिक कोषमा उपलब्ध गराउने निर्णय गर्नुभएको हो ।
कोरोना रोग नियन्त्रण तथा रोकथाममा केही योगदान पुगोस् भनी आफूहरुले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको डेनमार्कका लागि नेपाली राजदुत लम्सालले तु खबरलाई जानकारी दिनुभयो ।
