लकडाउनको मौका छोपी डिजल र पेट्रोल तस्करी
पर्सा, २३ चैत /अवैध रुपमा भारततर्फ लैजाँदै गरेको डिजल करिब ४ सय लिटर र पेट्रोल करिब २ सय लिटर प्रहरीले बरामद गरेको छ ।
तस्करीमा संलग्नलाई भने प्रहरीले समाउन सकेको छैन ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको निर्णयलाई अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्तीमा गएको प्रहरी टोलीलाई देख्नासाथ सो परिमाणको डिजल र पेट्रोल छाडी मानिस फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
बरामद डिजल र पेट्रोल आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो ।
