‘चिन्ता नलिनुहोस् मेडिकल बन्द हुँदैन, औषधी सहजै पाइन्छ’
मकवानपुर १० चैत । औषधी व्यवसायी संघ मकवानपुरले मकवानपुरमा औषधीको आपूर्ती सहज बनाएर जनतालाई विक्रि वितरणको व्यवस्था मिलाउने जनाएको छ ।
औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधीर दाहालले आज सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुरे जनतालाई औषधिको अभाव नहुने जानकारी दिनुभयो ।
कोरोना भाइरसको संक्रमणको जोखिम बढेसंगै त्रसित बन्नुभएका मकवानपुरे जनताले आवश्यक भन्दाबढी औषधी किन्ने, औषधी नपाइएलाकी भन्दै आत्तिने गरेको पाइएकोले यस विषयमा चिन्ता लिनु नपर्ने उहाँले बताउनुभयो ।
उहाँले औषधीमा नभई उपचार तथा स्वास्थ्य क्षेत्रसंग सम्बन्धीत सम्पूर्ण सेवा प्रवाह गर्न यस महामारीको घडीमा मेडिकल व्यवसायी संघै तल्लिन रहने बताउनुभयो ।
हेर्नुहोस् भिडियो
