बुधवार एकैदिनमा सुनको मूल्य यतिधेरै बढ्यो !
काठमाडौं, २१ फागुन । कोरोना भानइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर सुनमा देखिँदा यसको मूल्यमा तीव्र उतारचढाव देखिएको छ ।
छापावाल सुन बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँले बढेर ८० हजार ५ स रुपैयाँ कायम छ । हिजो (मंगलबार) भने छापावाला सुन ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन पनि २२ सय रुपैयाँ प्रतितोलामा बढेर कारोबार भइरहेको छ । आज तेजाबी सुनको भाउ प्रतितोला ८० हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार तेजावी सुन ७८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो ९मंगलबार० भने चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
