हेटौंडामा सांसदहरुको आक्रोशः बच्चा बोकेकी महिलालाई लाठी प्रहार गर्ने प्रहरी अमर्यादित

तु खबर संवाददाता
२०७६ फाल्गुन १९, सोमबार १६:३६

हेटौंडा, १९ फागुन । हेटौंडास्थित बागमती प्रदेशसभा बैठकको विशेष सयममा बोल्दै सांसदहरुले ललितपुरको भैंसेपाटीमा बच्चा बोकेकी एक महिलामाथि प्रहरीले लाठी प्रहार गरेको घटनाप्रति घोर भत्र्सना जनाउनु भएको छ ।

महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज एवम् प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले हातमा च्यापेर बच्चा बोकिरहनु भएकी माला साह नाम गरेकी महिलालाई लाठी प्रहार गर्नु भएको थियो । पौडेललाई कारबाही स्वरुप भैंसेपाटी प्रभागको जिम्मेवारीबाट मुक्त गरेर महानगरीय प्रहरी परिसर ललितपुर तानिएको छ ।

केही दिनअघि नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी (जर्नेल) हेम खत्रीको घरमा बच्चा बोकेकी एक महिलामाथि निर्मम ढङ्गले प्रहरी निरीक्षक पौडेलले लाठी प्रहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, बुद्धिमान माझी, विशाल खड्का, शोभा शाक्य, राधा घले, रिना गुरुङ, रमा आले मगरलगायतले संसदमा आक्रोश व्यक्त गर्दै बच्चा बोकेको महिलालाई अमर्यादित तरिकाले लाठीचार्ज गरी दुव्र्यवहार गरेकोप्रति घोर भत्र्सना गर्दै महिलामाथि हुने हिंसा र यस्ता दुव्र्यवहारलाई आगामी दिनमा यस्तो घटना हुन नदिन आग्रह गर्नु भएको छ ।

सांसदहरुले आन्तिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो मातहतका सुरक्षाकर्मीहरुलाई सावधानी राख्नको लागि कडा निर्देशन जारी गर्न माग गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*