मोदीको पशुपतिनाथसँग प्रार्थनाः ओलीको मृगौला प्रत्यारोपण सफल होस्

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल होस् भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथसँग प्रार्थना गर्नु भएको छ ।
उहाँले सोमबार ट्विट गर्दै ओलीलाई बुधबार हुन लागेको मिर्गौला प्रत्यारोण कार्य सफल भई छिटै स्वास्थ्यलाभ गर्न कामना गर्नु भएको छ ।
बुधबार मृगौला प्रत्यारोपण गर्नका लागि ओली सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना हुँदै हुनुहुन्छ ।
‘मेरा प्रिय मित्र केपी शर्मा ओलीजी तपाईको सफल शल्यक्रिया र छिटो स्वास्यलाभको कामना गर्दछु।’ प्रधानमन्त्री ओलीलाई ट्विटरमा मेन्सन गर्दै मोदीले लेख्नु भएको छ, ‘तपाईको स्वास्थ्य, खुसी र दीर्घ जीवनका लागि मेरा भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछु । नेपाल–भारत सम्बन्धका लागि तपाईको योगदान आगमी दिनमा निरन्तर रहोस् र नयाँ उचाइमा पुगोस्।’