कतिमा कारोबार हुँदैछ आज सुन ?

तु खबर संवाददाता
२०७६ फाल्गुन १९, सोमबार १३:००
file-photo

मकवानपुर, १९ फागुन । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । महासंघका अनुसार, आज सुन आईतबारकै मुल्यमा कारोबार भइरहेको छ ।

आईतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ७७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ७९ हजार २०० र तेजाबी सुन प्रततोला ७८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि आईतबारको मुल्यमा कारोबार भइरहेको छ । आईतबार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*