प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन, जसले सशस्त्र द्वन्द्वमा बुबा गुमाएका थिए

तु खबर संवाददाता
२०७६ फाल्गुन १८, आईतवार १७:२२

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा जनयुद्धमा बुबा गुमाएका मुन तिरुवाका छोरा रहेको खुलेको छ ।

उहाँका बुबा ०५६–५७ मा राज्यपक्षबाट मारिनु भएको थियो । मोहन माओवादी कार्यकर्ता रहेको खुलेको एक उच्च प्रहरी अधिकारीले बताउनु भयो । हाल उहाँ ललितपुरको डल्लु क्षेत्रमा बस्दै आउनु भउको छ ।

उहाँले सुर्खेतमा अमिन पढ्नु भएको थियो । युद्धमा बुबा गुमाएको आक्रोशमा उहाँले जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ । उहाँ अहिले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको बताइएको छ ।

उहाँलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर जुत्ताले प्रचण्डलाई भने नलागेको समाचार बाह्रखरीमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*