युवामाझ लोकप्रिय टिकटक एक जासुस एप !
–एजेन्सी, १८ फागुन । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटक (भिडियो बनाउने एप) डाउनलोड गर्नेको संख्या १ अर्ब ५० करोड पुगेको पुष्टि भएको छ ।
विश्वमा प्रत्येक महिना ५० करोड मानिसले सक्रिय भएर टिकटक चलाउने गर्नुहुन्छ । टिकटक सबैभन्दा चर्चित सोसल मिडिया प्लेट फर्म हो ।
टिकटक एक चीनियाँ एप हो । जुन विश्वको १५० देशहरुमा प्रयोग गर्न सकिन्छ । तर कतिपय देशहरुमा यो एप बन्द पनि गरिएको छ । टिकटकका कारण कतिपयले ज्यान समेत गुमाउनु परेको छ ।

स्टीभ हफमेन
अमेरिकी सोशल डिक्शन वेबसाइट रेडडिटका सिइओ स्टीभ हफमेनले टिकटकलाई एक कार्यक्रममा ‘प्यारासाइट’ नाम दिनु भएको छ । रेडटिका सहसंस्थापक र सिइओले टिकटकलाई परजीवि भनेर वर्णण गर्नु भएको छ ।
टेक क्रन्चको रिर्पोट अनुसार टिकटकलाई ‘स्पाईवेयर’ पनि भनिन्छ । स्पाइवेयर भन्नाले अरुको जासुसी गर्ने काम हो ।
‘मलाई यो टिकटक एप परजीवि जस्तै लाग्छ, म यस्तो एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्दिन्,’ सिइओ स्टिभ हफमेनले भन्नु भयो ।
यस चिनीयाँ एपको विषयमा विश्वमा धरै विवादहरु उत्पन्न भएका छन् । सेन्सर टावरको एक रिर्पोट अनुसार, गत वर्ष विश्वमा फेसबुकको तुलनामा टिकटक एप धेरै डाउनलोड गरिएको पाइएको छ ।



