नेकपा अध्यक्ष प्रचण्डमाथि मञ्चमै जुत्ता प्रहार

१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।
आज आइतबार राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार गरेपनि यद्यपि प्रचण्डलाई भने लागेन ।
नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर मञ्चमा रहेको आफ्नो सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उहाँलाई ताकेर जुत्ता प्रहार भएको हो ।
तर जुत्ता मञ्चसम्म आइनपुगेको समाचार अनलाइनखबरले छापेको छ । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।