ओली सरकार भ्रष्टाचारको दलदलमा : काँग्रेसका बरिष्ठ नेता पौडेल

तु खबर संवाददाता
२०७६ फाल्गुन १८, आईतवार १२:१६

मकवानपुर, १८ फागुन । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको प्रधानमन्त्री केपी ओली र सरकार भ्रष्टाचारको दलदलमा फसेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता पौडेलले सरकारले उल्लेख्य काम गर्न नसकेको तर भ्रष्टचारमा फस्दै गएको बताउनुभएको हो ।

नेपाली काँग्रेसका महासचिव शंशाङ्क कोइराला, पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता रामशरण महत, नेता प्रकाशमान सिंहसहित हेटौंडा आउनुभएका पौडेलले जनअपेक्षा अनुरुपको काम सरकारले गर्न नसकेको बताउनुभएको हो । पत्रकार सम्मेललनमा अरु नेताहरुले बोल्न भने बाँकी नैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*