बाँस्कोटाको तीर पूर्वप्रधानमन्त्री प्रचण्डतर्फ !

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको इसारामा अनधिकृत रुपमा अडियो रेकर्डं भएको संकेत गरेको भोलिपल्ट निवर्तमान सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्यूरिटी प्रेस खरिदमा जोडिएका विजय मिश्रको सम्बन्ध नेकपा अध्यक्ष पुष्पकम दाहाललसँग रहेको संकेत गर्नु भएको छ ।
बाँस्कोटाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मिश्रविरुद्ध दर्ता गरेको झुटा लाञ्छना तथा गाली बेइज्जती मुद्दामा मिश्र दाहाल प्रधानमन्त्री भएको पालामा एजेण्ट बनेको भन्दै आफू कहाँ आइपुगेका उल्लेख गर्नु भएको छ ।
अदालतमा पेश गरेको फिराद पत्रको सातौं बुँदामा ‘तत्कालीन सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल नेपाल सरकार लगानी बोर्डको अध्यक्ष हुनुभएको समयमा मिति २०७३/०९/२४ मा बसेको लगानी बोर्डको पच्चिसौं बैठकबाट निर्णय भइ मिति २०७३/१०/०२ मा लगानी बोर्डबाट सुरक्षण मुद्रणको सम्भाव्यता अध्ययन गर्न पत्र प्राप्त भएको व्यक्ति हुँ भनी उनले (मिश्र) ले जानकारी गराएका थिए’ भन्ने उल्लेख छ।
सातौं बुँदामा उहाँले यो उल्लेख गरेर मिश्र विगतमा दाहालकै पालामा सुरक्षण मुद्रणको एजेण्ट भएको जनाउ दिनु भएको छ । फिराद पत्रको तेस्रो बुँदामा पनि बाँस्कोटाले नेकपा अध्यक्ष दाहालको प्रसंग उठाउनु भएको छ । सुरक्षण मुद्रण विकास समिति दाहालकै पालामा गठन भएको उल्लेख गर्नु भएको छ ।
बाँस्कोटाले विकास समिति गठन र मिश्र दाहाल पालाम नै लगानी बोर्डबाट सम्भाव्यता अध्ययन गर्न पत्र पाएको व्यक्ति हुँ भनेर आएका भेट्न आएको प्रसंग जोडेर आफ्नो घटनाक्रमको तीर दाहालतर्फ सोझ्याउनु भएको छ । कान्तिपुर दैनिकबाट