मुख्यमन्त्री पौडेलद्वारा सिपी मैनालीको स्वास्थ्यलाभको कामना

तु खबर संवाददाता
२०७६ फाल्गुन १६, शुक्रबार १७:५६

हेटौंडा, १६ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सवारी दुर्घटनामा घाइते भएका नेकपा (माले) का महासचिव सिपी मैनालीको स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

आज मुख्यमन्त्री पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै घाइते मैनाली र परिवारको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको हो ।

‘विसं २०२८ मा भएको चर्चित झापा आन्दोलनका सशक्त योद्धा तथा त्यस आन्दोलनपछि गठित नेकपा (माले) हुँदै नेकपा (एमाले) र पुनः नेकपा (माले)मा रही नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिनुहुने नेपाल सरकारका पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका मैनालीलगायत उहाँका परिवारका सदस्य एवं उक्त दुर्घटनामा घाइते सम्पूर्ण महानुभावको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, पौडेलले लेख्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*