महासचिव मैनालीको थाइको हाड भाँच्चियो, यस्तो भन्छ अस्पताल

तु खबर संवाददाता
२०७६ फाल्गुन १५, बिहीबार २०:००
फाइल तस्बिर

काठमाडौं, १५ फागुन । नेकपा (माले)का महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीको कार दुर्घटनामा थाइको हाड (फेमुर बोन) भाँच्चिनुको साथै हाल स्वास्थ्य स्थिती स्थिर रहेको छ । उनको शरीरको सिटी स्क्यान भइरहेको अस्पतालले जनाएको छ ।

झापाबाट काठमाडौं आउने क्रममा महोत्तरीको बर्दिवासमा गाडी दुर्घटना भएपछि मैनालीलाई दिउँसो ४ बजेर २० मिनेटमा काठमाडौंस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा ल्याइएको हो ।

‘उहाँ(मैनाली)को थाइको हाड भाँच्चिएको छ, छाती, पेट आदि विभिन्‍न ठाउँमा दुखी रहेको गुनासो गर्नु भएको छ’, अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले भन्नु भयो, ‘उहाँको अवस्था हाल स्थिर छ ।’

अस्पतालमा मैनालीले राम्ररी बोल चाल गर्नुको साथै व्यक्तिलाई चिन्ने समेत गर्नु भएको छ । चिकित्सकले सिटी स्क्यानको रिपोर्टपछि मेनालीको वास्तविक स्वास्थ्य स्थिति स्पष्ट हुने जनाएका छन् ।

उक्त दुर्घटना मै घाइते भएकी मैनालीका बुहारी पुजा ढुङ्गानाको दुइटै खुट्टाको हाड (टिविया) भाँच्चिएको छ । यस्तै मैनालीको ५ वर्षे नातीको टिविया हाडमा निको हुने फ्राक्चर रहेको पाण्डेले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*