पेट्रोल र डिजेलमा ५ रुपैयाँ बढ्नको कारण यस्तो रहेछ
काठमाडौं, १५ फागुन । सरकारले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने निर्णयसँगै डिजेल र पेट्रोलमा ५ रुपैयाँ बढाएको हो ।
सरकारका प्रवक्ता अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताउनु भयो ।
फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्याउने निर्णय गरेको हो।
यसअघि सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार विकास कर लिँदै आएको थियो।
