विष्णु पौडेलको छोराको नाममा रहेको बालुवाटारको जग्गा बैंकमा : यती बैंकबाट निकाले ४९ लाख ऋण

तु खबर संवाददाता
२०७६ माघ २४, शुक्रबार १३:२३

काठमाडौं, २४ माघ । ललिता निवासको सरकारी जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेलेका छोरा नविन पौडेलले सो जग्गा साविक यती डेभलपमेन्ट बैंकमा राखेर ४९ लाख ऋण लिएको खुलासा भएको छ।

साविकको यती डेभलपमेन्ट बैंक हालको महालक्ष्मी विकास बैंकसँग मर्ज भएको थियो। ललिता निवासको सरकारी जग्गा भूमाफियासँगको मिलेमतोमा व्यक्तिगत बनाएको सार्वजनिक भएसँगै नेकपा महासचिव पौडेलले समेत ८ आना जग्गा छोराको नाममा किनेको खुलेको थियो।

सोही जग्गा बैंकमा राखेर उनले ऋण निकालेका हुन्। पौडेलले ‍ललिता निवासको रजिष्ट्रेसन नम्बर ४१७ ‘क’को जग्गा धितोमा राखेर कर्जा लिएको नेपाललाइभले फेला पारेको दस्तावेजमा उल्लेख छ। उनले २०७० कात्तिक ४ गते ऋण लिएका थिए।

पौडेलले जग्गा फिर्ता गर्न राजी भएको भन्दै अख्तियारले उनलाई प्रतिवादी बनाएको छैन। अख्तियारले सो जग्गा सरकारको नाममा ल्याउन निर्देशन भने दिइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*