हेटौँडा–काठमाडौँ सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छु : मन्त्री फुयाँल
मकवानपुर, ६ फागुन । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले हेटौंडा–भीमफेदी–काठमाडौँ जोड्ने सुरुङमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
उहाँले मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाउनुभएको सपना र बागमती प्रदेशका मुख्यमन्त्रीले तयार पार्नुभएको योजना पूरा गर्न आफू लागिपर्ने बताउनुभएको हो ।
मन्त्री फुयाँलले प्रदेशका ११९ वटै स्थानीय तहको विकासका लागि आफूले दिनरात नभनी काम गर्ने बताउनुहुँदै अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिवद्ध भएर अगाडि बढ्नेसमेत उल्लेख गर्नुभयो ।
मन्त्री फुयाँल यसअघि नेकपा बाग्मती प्रदेशका प्रमुख सचेतक समेत रहनुभएको थियो ।
