कति छ आज नेपाली बजारमा सुनको भाउ ?
काठमाडौं, ७ माघ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलवार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ ।
मंगलवार छापावाल सुन प्रतितोला ३०० ले बढेर ७५ हजार ३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतवार छापावाल सुन प्रतितोला ७५ हजार र तेजाबी सुन प्रतितोला ७४ हजार ७०० रुपैयाँ कारोबार भएको थियो ।
महासंघका अनुसार, मंगलबार चाँदी भने प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।
