आज सुनचाँदीको भाउ बढ्यो, तोलामा कति पुग्यो ?
काठमाडौँ, ७ पुस । सोमबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलामा ३०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार, आज नेपाली बजारमा सुनभाउ बढेसँगै छापावाल सुन प्रतितोला७१ हजार ९०० मा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार ६०० मा कारोबार भइरहेको छ भने चाँदी प्रतितोलामा ८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५५ मा कारोबार भएको थियो ।
