आज सुनचाँदीको भाउ बढ्यो
मकवानपुर, १ पुस । मंगलबार (आज) नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला २ सय र चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।
साताको पहिलो (आइतबार) र दोस्रो (सोमबार) सुनचाँदीको मूल्य स्थिर मूल्य स्थिर रहेको थियो ।
आज छापावाल सुनमा प्रतितोला २ सय रुपैयाले बढेर ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार, आइतबार र सोमबार प्रतितोला ८४५ रुपैयाँमा कारोबार भएको थियो ।
