सुनको मूल्य घट्यो, कति छ आज सुन तोलाको ?
काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन मंगलबार तोलामा ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७० हजार ५ सयमा कारोबार भएको छ भने आज चाँदी प्रतितोला ५ रुपैयाले घटेको छ । नेपाल बजार आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँ कारोबार भइरहेको छ ।
