आज सुनको भाउ घट्यो

तु खबर संवाददाता
२०७६ मंसिर २३, सोमबार १४:४३
file-photo

मकवानपुर, २३ मंसिर । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ २ सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला रु ५ सयले घटेको सुनको भाउ सोमबार पनि प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाला सुनको प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार, यसअघि आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २ सय रुपैयामा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ७० हजार ७ सय कायम गरिएको छ । आइतबार तेजाबी सुनको प्रतितोला रु ७० हजार ९ सयमा कारोवार भएको थियो ।

महासंघका अनुसार, आज चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँ कारोबार भइरहेको छ । आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले ्घटेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*