दुई सन्तानको हत्या गरी एक पुरुषले गरे दुई पत्नीसहित आत्महत्या
भारतको राजधानी नयाँ दिल्लीसँगै जोडिएको गाजियावादको इन्दिरापुरममा एक पुरुषले आफ्ना दुई सन्तानको हत्या गरी दुई पत्नीसहित आत्महत्या गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, इन्दिरापुरमको वैभव खण्डमा बस्दै आएको परिवारमा सो घटना भएको हो ।
दुई सन्तानको हत्यापछि आवासीय भवनको आठौँ तलाबाट ती पुरुष र उनका दुई पत्नीले हामफालेर आत्महत्या गरेको बताइन्छ ।
ती पुरुष र उनकी एक पत्नीको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते अवस्थामा उद्धार गरिएकी अर्की पत्नीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
मंगलबार बिहान भएको उक्त हत्या र आत्महत्याको कारण खुल्न सकेको छैन ।
एजेन्सीको सहयोगबाट
