साढे १३ लाखको सुपारी बरामद

तु खबर संवाददाता
२०७६ मंसिर १६, सोमबार १६:५१

मकवानपुर, १६ मंसिर । जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले साढे १३ लाख रुपैयाँ भन्दा बढीको सुपारी बरामद गरेको छ ।

प्रहरीले झापाको मेचीनगर नगरपालिका–६, तुर्केनीबाट ४ हजार ६ सय २० केजी अन्दाजी १३ लाख ८६ हजार रूपैयाँ बराबरको सुपारी बरामद गरेको हो ।

अवैध रूपमा नेपालबाट भारततर्फ साइकलमा लोड गरी लैजान तयारी गरिएको सुपारी बरामद गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*