बैतडीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन
बैतडी, २१ कात्तिक । बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेत समाबेश गरेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरिएको हो ।
उनीहरुलेले ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै मोदीको पुत्ला दहन गरिएको हो ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ ।
त्यस्तै उनीहरुले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको पनि पुत्ला दहन गरिएको छ । नेपालले कूटनीतिक पहल चाल्नमा ढिलाइ गरेको भन्दै उनीहरुले परराष्ट्र मन्त्री ज्ञवालीको पुत्ला दहन गरिएको हो ।
