गुडिरहेको रेलमा आगोलागी हुँदा ४६ जनाको मृत्यु, ४२ जना घाईते
काठमाडौं, १४ कात्तिक । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने ४२ घाइते छन् ।
राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।
पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएको छ ।
लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेर नष्ट भएको छ ।
उक्त आगलागीबाट घाइते भएका ४२ जनाको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ ।
