अहिलेदेखि जानी राखौं लक्ष्मी पुजाको दिन के–के चढाउनुपर्छ

यस वर्ष लक्ष्मी पूजा कार्तिक १० गते आईतबार परेको छ । यो दिन लक्ष्मीपूजाको विधि अनुसार पूजा गर्नाले घरको गरिबी हट्ने भन्ने चलनचल्ती छ । उक्त दिन नेपालीको घर–घरमा झिलीमिली हाल्ने, साँझपख रंगौली बनाई घरघरमा लक्ष्मी भित्र्याउने गर्दछ । सो दिनबाट देउसीभैलो खेल्ले गर्दछ ।
विशेष गरी यी पाँच चिज चडाउनुपर्छ लक्ष्मी पुजाको दिन
१.लक्ष्मी पूजाको दिन बिहान चाडै उठेर लक्ष्मी मन्दिर गएर राम्रो केहि वस्त्र र गुलाबको फुल चढाउनुहोस् ।
२. लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साझ लक्ष्मीपुजा गर्ने क्रममा चढाउनुहोस् ।
३. लक्ष्मी पूजाको रात लक्ष्मी पुजा गर्दा नौ गोमती चक्र राखनुहोस्। पूजा सकिए पछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस्।
४. पूजाको साँझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस्। विशेष पूजामा यो उपाय गर्नुहोस।
५. यस रात पाँच साबुत सुपाडी ,कालो बेसार पाँच पहेलो कौडी पनि राख्नुहोस्। पूजा पछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस्।