नेकपाको चियापान बुधबार हुने

तु खबर संवाददाता
२०७६ आश्विन २८, मंगलवार १७:१५

काठमाडौं, २८ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही असोज २९ गते (भोली) बुधबार शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ ।

नेकपाले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको नेकपाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*