जापानमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुग्यो, अझै १५ जना बेपत्ता
जापानमा हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।
उक्त आँधीका कारण मंगलबारसम्म मृत्यु हुनेको संख्या ६६ पुगेको हो ।
आँधीका कारण अझै १५ जना बेपत्ता रहेको रोयटर्सले जनाएको छ। मध्य र पूर्वी जापानमा २०० भन्दा बढी घाईते समेत भएका थिए।
जापानको फुकुशिमा सबै भन्दा बढीको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ । त्यस क्षेत्रमा मात्रै २५ जनाको मृत्यु भएको हो ।
उद्दारकर्मीहरुले निरन्तर रुपमा वेपत्ताको खोजी कार्य जारी राखेका छन्।
उनीहरुले एक–एक घर गई उद्दार कार्य गरिरहेका छन्। आँधीका कारण कम्तीमा पनि एक लाख ३३ हजार घरहरु खानेपानीविहीन र २२ हजार घरहरु विजुलीविहीन भएका छन्।
