जापान आँधी : मृत्यु हुनेको संख्या ३७ पुग्यो
जापानका नागरिक टाइफुन हगिविससँग जुधिरहेका छन् । धेरै स्थानमा अहिले बचाउ तथा सफाई अभियान संचालन गरिएको छ ।
हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्राडकाष्टिङ संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै आँधिका कारण १७ हराइरहेका छन् भने १८९ घाइते भएका छन् ।
देशको मौसम विज्ञान शाखाका अनुसार धेरै ठाँउमा वार्षिक वर्षाको ४० प्रतिशत एक वा दुई दिनमै परेको थियो ।
